ललिता निवास जग्गा घोटालाको सुनुवाइ सकियो, भोलि फैसला आउने

काठमाण्डु – ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा विशेष अदालतमा सुनुवाइ सकिएको छ । विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर सुनुवाइमा रहेको मुद्दाको बहस सकिएकाले भोलि बुधबार फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।