भायानेट सीईओ सेवा पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित

काठमाण्डु - भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित गरिएको छ। ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन्। सो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ।…