महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा बाघको आक्रमणबाट घाइते भएकी छन् । बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले बताए । घाइते भहिलाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही…