काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ। उपकुलपति पदका लागि प्रा.डा. शिवलाल भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ। उनको मंगलबारदेखि अवधि सकिएपछि उनलाई पुन: निरन्तरता दिएको हो । उपकुलपति सिफारिस समितिले विज्ञहरूको सहयोगमा आवेदकहरूको मूल्याङ्कन सुरू गरेको छ। उपकुलपति प्रा.डा.…