काठमाण्डु- कथित तपस्वी रामबहादुर बम्जन 'लिटिल बुद्ध'विरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर…