काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै तराई–मधेशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ…