काठमाण्डु- ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम सम्पन्न भएको छ । २०८३ सालको रथजात्राका लागि नयाँ पाङ्ग्रा बनाउन गएको माघ ९ गते श्रीपञ्चमीका दिन विधिवत् शुरु गरिएकोमा शुक्रबार सम्पन्न भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताए । पाङ्ग्रा बनाउने काम सम्पन्न भएकोले शनिबारसिद्ध पुजा हुनेछ । हरेक १२ वर्षमा…