काठमाण्डु- पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ । सञ्चालनमा आएको करिब ६ महिनापछि छिमेकी मुलुक चीनको छेन्दु-तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक चार्टर उडान गरेको हो । एयरबस ए-३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए। जहाजबाट चीन भ्रमणमा गएका…