‘भारतीय विदेशमन्त्रीको भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भयो’

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबाट १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर भएको बताए…