भारतीय गोलभेँडा ४५ रूपैयाँमा ब्रिकी हुँदा स्वदेशी गोलभेँडाले मूल्य पाएन

काठमाण्डु- गोलभेंडा उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् । आइतबार बिहान गोलभेंडा लिएर कालिमाटी तरकारी बजार पुगेका किसानले उचित मूल्य नपाएपछि सडकमै गोलभेंडा फ्याँकेर विरोध जनाएका हुन् । किलोको ८ रूपैयाँमा गोलभेंडा बेच्नुपरेपछि फ्याँक्नुको विकल्प नभएको किसानहरुले बताएका छन् । उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेंडा फाल्ने किसानहरुको चेतावनी छ…