नक्कली शरणार्थीमा १५ लाख धरौटीमा छुटेका तुलाधर ललिता निवासमा जोडिएपछि पक्राउ

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाण्डु जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार हिरासतमा लिएको हो। उनीमाथि सीआईबीले ललिता निवासको २ रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लगाएको छ। यसअघि नक्कली शरणार्थी…