काठमाडौं– प्रयोगशालामा पहिलो पटक सफलतापूर्वक मानव डिम्बको उत्पादन भएको छ। इडिन्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सफलतापूर्वक मानव डिम्बको उत्पादन गरेपछि अब डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ। विज्ञानका लागि रहस्य नै रहेको मानव डिम्बको विकाससँग सम्बन्धित पाटो पनि यसबाट बुझ्न सकिने बीबीसीले उल्लेख गरेको छ। यो प्रविधिले क्यान्सर रोगको उपचार गरिएका बालिकाहरूको प्रजनन क्षमता सुरक्षित…