काठमाण्डु- उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ । पहिलो चरणमा कम्तीमा २५/३० करोड माग गरिएको उद्योग मन्त्रालयले पैसा नभए जवाफ दिएको…