सुनकोशीमा खसेको गाडी र सीटीईभीटीका दुई कर्मचारीको शव भेटियो

काठमाण्डु- सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । मं‌गलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी…