छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाण्डु- छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएकाे छ । पाँचथर, फिदिम नगरपालिका-४ गणेमान चोकमा मे.१च ६००८ नम्बरको पिकअपबाट लडेर पिकअपमा सवार हिलिहाङ गाउँपालिका-५ सुभाङ बस्ने ४८ वर्षीय प्रेम संग्रौलाको शनिबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ…