काठमाण्डु - नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई शुक्रबार पनि उद्धार गर्दैछ । निगमले मध्यपूर्वमा जारी युद्धका कारण फसेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याइरहेको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो। विशेष उद्धार उडानको सो विमानमार्फत…