काठमाण्डु - चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदैछन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । आजै प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ। बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का…