जाजरकोट भूकम्प: नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट- जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ। गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा…