सरकारले खटाएको सहसचिव राख्न अटेर गरेपछि वीरगंज महानगरको आर्थिक र प्रशासनिक अधिकार रद्द

काठमाण्डु– पर्साको वीरगंज महानगरपालिकाले सरकारले खटाएको कर्मचारीलाई हाजिर नगराएपछि मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार पाउँदै आएका कर्मचारीको अधिकार रद्द गरिदिएको छ । २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार खटाइएका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्णय गरेको हो । फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले वीरगंज महानगरमा सहसचिव…