कांग्रेस–एमालेले नगरसभा रोकेको बालेनको आरोप

काठमाण्डु-काठमाडौँ महानगरपालिकाका प्रमेख बालेन्द्र शाहले एमाले र कांग्रेसका नेताहरूले नगरसभा बैठक रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ रुपैयाँको कार्यक्रम राख्न नमानेकोमा उनीहरूले नगरसभा नै रोकेको दाबी गरेका छन् । ‘एमाले र कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भने,’ सामाजिक सञ्जालमार्फत मेयर शाहले भनेका…