कञ्चनपुरमा औलोको जोखिम

बेदकोट- भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरू फर्किंदा औलो संक्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ । 'संक्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,' स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, 'यहाँ स्थानीयभन्दा आयातित…