अख्तियारले राष्ट्रपतिसमक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहबीच उहाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ ।…