काठमाण्डु - प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना अहिले पनि जारी छ । समानुपातिकतर्फ अब आठ निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी छ । समानुपातिकतर्फ हालसम् ८३ लाख ६ हजार ६९६ मत गणना सकिएको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जितेको रास्वपाले समानुपातिकतर्फ ४१ लाख १७ हजार २७८ मत पाएको छ…