काठमाण्डु- बझाङको मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले समाजिक सञ्जालमा आलोचना गर्नेलाई धम्की दिएका छन् । गाउँपालिकाले रोजगार सहायकमा भ्याकेन्सी खोलेपछि परीक्षामा नाम निकालेको ब्यक्तिलाई नियुक्त गर्नुको साटो अर्कै ब्यक्तिलाई किन नियुक्त गरिएको स्टाटस लेखेपछि अध्यक्ष ज्ञानबहादुर आक्रोशित बनेका हुन । ‘म उहाँको समर्थक हो । चुनावमा पनि एक गिलास चिया नखाएर उनको प्रचारमा होमिएको थिए…