छापिएका २ लाख सवारीचालक अनुमतिपत्र लिन आएनन् सेवाग्राही

काठमाण्डु - नागरिकले चालक अनुमतिपत्र पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै २ लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यकाबाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन्…