काठमाण्डु- विभागीय टोली एपिएफ क्लबमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले लगातार पाँच संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलो पल्ट च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेसँगै न्यु…