प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाण्डु- नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । ‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप…