चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण

चितवन - चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो । अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन…