आजदेखि सार्वजनिक सवारीलाई ‘रुट परमिट’ नचाहिने

काठमाण्डु – सरकारले आजदेखि लागू हुनेगरि सार्वजनिक सवारीमा रुट परमिट खुला गरेको छ । दशैं, तिहार र छठ पर्वका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आज (सोमबार) बाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको हो । यो व्यवस्था असोज २३ गतेसम्म रहनेछ । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण…