बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन

जुम्ला – चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गा बजारमा रहेका पसलको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । ‘उपभोक्तालाई…