ललितानिवासको जग्गा हिनामिना प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर पक्राउ

काठमाण्डु- ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको जनाएको छ । पक्राउ परेका गुरुङ प्रहरीको फरारको सूचीमा थिए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने…