सहकारीलाई काठमाण्डु महानगरको निर्देशन- ३० दिनभित्र विवरण बुझाउनु

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ। प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा, ३ महिनाभित्र लेखापरीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले सूचना प्रकाशित गरेको हो। काठमाण्डु महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले…