काठमाण्डु - काठमाण्डुको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छिन् । बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामनपा नगर प्रहरी, मन्त्रालयका कर्मचारी लगायत सम्बन्धित कार्यालयका कर्मचारीहरुको टोलीले सडकपेटी अतिक्रमण भएको क्षेत्र खाली गराएको हो । सडकपेटीमा थुपारिएको निर्माण सामग्री…