कर्फ्यू लागेपछि बानेश्वर क्षेत्रमा नेपाली सेना खटाइयो

काठमाण्डु - संघीय संसद भवनलगायत कर्फ्यु जारी गरिएको क्षेत्रमा सुरक्षाका निम्ति नेपाली सेनालाई खटाइएको छ। काठमाण्डुका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार नयाँ बानेश्वरसहितका क्षेत्रमा सेना परिचालन भइसकेको छ । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि चार किल्ला कायम गरी कर्फ्यु आदेश जारी भएको थियो।…