नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित ३ जनाको बयान जारी

काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान जिल्ला अदातल काठमाडौँमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण,भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा…