देशभर नै नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या

काठमाण्डु- नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।

Skip This