योग र ध्यानको विषय पाठ्यक्रममा समावेश हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो विषय प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको बताएका हुन् । योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर…