काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ। एक सूचनामार्फत प्रशासनले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दे पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर,…