आरआरमा विद्यार्थीहरुबीच झडप, २ जना घाइते

काठमाण्डु- प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् । अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक विवाद हुँदा झडप भएको हो । दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।