टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन विभागको निर्देशन

काठमाण्डु - सूचना तथा प्रशारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ । तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् । सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीहरूकाबारेमा के आधारमा नेपालमा प्रशारण गरेको भन्दै सोधपुछ गरेका थिए । प्रशारण अनुमतिको प्रमाणपत्र मागेपछि कर्मचारीले देखाउन नसकेकाले टोलीले…