काठमाण्डु – तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपानेले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७–७८ मा खर्च गरेको उल्लेख गरेको छ । मन्त्रिपरिषद्को २०५० जेठ १३…