दुई न्यायाधीशलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

काठमाण्डु - न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाण्डुका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी…