काठमाण्डु- सांसद् डा. तोसिमा कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् । बुधबार संसद्मा बोल्दै सांसद कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिनै भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गरेकी हुन् । ‘वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही…