काठमाण्डु - नेपाल पत्रकार महासङ्घले विगत केही समयदेखि सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि संसद्, सरकार र राजनीतिक दललाई आवश्यक पहल र अग्रसरताको लागि अपिल गरेको छ । महासङ्घले मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…