काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङकाे प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति मुस्ताङ आएकी हुन् ।…