काठमाण्डु - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम(लोकतान्त्रिक गठबन्धनबाट काठमाण्डु ८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेका छन्। बिहीबार काठमाण्डुको स्वयम्भुबाट अभियान सुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए। सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने…