जनताको प्यारो बन्दै ब्याँस गाउँपालिका

दार्चुला- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका जनताको प्यारो बन्दै गएको छ । गाउँपालिकाभरि रहेका दीर्घरोगीलाई उपचार अनुदान दिँदै जनताको प्यारो बन्न सफल भएको हो । मंगलबार चारजना दीर्घरोगीलाई गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले ५०—५० हजारका दरले चेक हस्तान्तरण गरे । उपचार अनुदान रकम प्राप्त गर्नेहरूमा ब्याँस–३ का मुटु रोगी इन्द्र सिंह कुँवर, ब्याँस–६ का राजेन्द्रप्रसाद…