काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले पराजुलीलाई पदमा नरेहेको ब्यहोराको पत्र पठाएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै पराजुली अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पुरा भईसकेको देखिन आएकोले…