ओली भन्छन्-चीनमा लिपुलेकबारे प्रस्ट कुरा राख्यौं, ०८४को निर्वाचनमा एकल बहुमत आउँछ

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे चीनसँग निःसंकोच कुरा राखेको बताएका छन्। नेकपा (एमाले)को विधान महाधिवेशनको शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिपुलेकको सन्दर्भमा हामीले जहाँ पुग्दा खेरी पनि, जहिले पनि, जुनसुकै ठाउँमा पनि आफ्नो राष्ट्रिय हितलाई कुनै कम्प्रोमाइज नगरीकन उठाउनुपर्ने ठाउँमा उठाउने गरेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘दृष्टिकोण…