काठमाण्डु – कूटनीतिक सम्बन्धको शैली यस्तै हुनुपर्छ भन्ने निर्धारित अन्तर्राष्ट्रिय मान्यता हुँदैन तर राष्ट्रिय आवश्यकता अनुकूल हुने गरी देशहरूले कूटनीतिक शैली निर्धारण गर्न सक्छन् । नेपालले विगतमा अपनाउँदै आउने कूटनीतिक शैली असमान र अपमानजनक रहेको चर्चा हुने गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले कूटनीतिक मर्यादा सुधारका संकेत देखाएको छ…